धनकुटा । डाँडाबजारमा जारि जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकपको उपाधीको लागि आज तालतलैया फुटवल क्लव र निराजन यूवा क्लव प्रतिस्पर्धा गदैछन् ।
हिजो सम्पन्न सेमिफाइनलको खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा प्रवेश गरेका हुन् ।
फाइनल प्रवेश गर्ने क्रममा तालतलैया फुटवल क्लवले कोशी प्रदेश प्रहरीको फुटवल टोलीलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै हिजो नै सम्पन्न अर्को खेलमा लेटाङ फुटवल क्लव माथि निराजन यूवा क्लव धरानले ५–० गोलअन्तरको जित निकालेको थियो ।
प्रतियोगिताको फाइनल खेल आज दिउँसो साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार खेलमैदान हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधी सहित २ लाख ५० हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैया पाउने आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए । त्यस्तै सर्वोत्कृष्ट सहित विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिने उनको भनाई छ ।
भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको आयोजक डाँडाबजार फुटवल क्लवका कोषाध्यक्ष मणीकुमार देवानले बताए ।
‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमको फेसवुक पेजले गर्नेछ ।