धनकुटा । जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकपको उपाधी धरानको निराजन यूवा क्लवले जितेको छ ।
सोमवार साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार खेलमैदानमा सम्पन्न फाइनल खेलमा इटहरीको तालतलैया फुटवल क्लवलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै निराजन यूवा क्लवले उपाधी जितेको हो ।
उपाधीसँगै निराजन यूवा क्लवले नगद २ लाख ५० हजार रुपैया सहित ट्रफी प्राप्त गरेको छ । भने उपविजेता वनेको तालतलैयाले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफीमा चित्त वुझाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, ५ नं. वडाध्यक्ष खड्गवहादुर लिम्बू लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै सर्वोत्कृष्ट सहित विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गर्ने गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुलाई धन्यवाद व्यक्त गरे ।
डाँडाबजार खेल मैदानलाई स्तरउन्नोत्ति गरि यो पटक इलाभेन साइजमा खेलाइएकाे थियो ।