धनकुटा । साँगुरीगढी गाउँपालिका वडा स्तरीय दोस्रो मेन्स डबल व्याडमिन्टन प्रतियोगिताको उपाधी फाक्सिवका सुवास लिम्बू र धनवहादुर लिम्बूको जोडीले जितेको छ ।
सोमवार साँगुरीगढी गाउँपालिका वडा नं. २ वुढिमोरङ ब्याडमिन्टन कर्भडहलमा सम्पन्न फाइनल खेलमा सुवास र धनबहादुरको जोडीले वुढिमोरङका टाइसन लिम्बू र सञ्जय राईको जोडीलाई २१–१४, २१–१९ को सोझो सेटमा पराजित गरेका थिए ।
उपाधी सँगै सुवास र धनबहादुरको जोडीले नगद २५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेता वनेका टाइसन र सञ्जयको जोडीले नगद १५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त वुझाए ।
प्रतियोगितामा वडा नं. ६ भेडेटारका रितेश लिम्बू र दिपेश कटुवालको जोडी, वडा नं. १ वुढिमोरङका राजकुमार तेयुङ र जितबहादुर राईको जोडी तेस्रो भए । उनीहरुको जोडीले जनही ८÷८ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा वैशाख २३ र २४ गते गरी दुई दिनसम्म प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।