धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा आजेदेखि तेस्रो खुवाफोक गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा गतसंस्करणको विजेता मोरङको कुसुमे साईनिङ क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै धरानको अलस्टार क्लव विजयी भएको छ । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेलको निर्णय टाईव्रेकरबाट लिइएको थियो । आजको खेल जित्दै अलस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । अव फाइनल प्रवेशको लागि अलस्टारले झापाको चुलाचुली फुटवल क्लव र वुढिमोरङको किराँत यूवा क्लव वीचको विजेतासँग आगामी वैशाख २७ गते प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै आजै हुने भनिएको दोस्रो खेल भारि वर्षाको कारण स्थगित भएको छ । उक्त खेल भोली वैशाख २६ गते वुधवार विहान ८ बजे हुने आयोजकले बताएको छ । दोस्रो खेल गतवर्षको उपविजेता समेत रहेको आयोजक खुवाफोक युनाइटेड क्लव र सिसिडिआइसी मौनावुधुक वीच हुने तय भएको थियो ।
प्रतियोगिताको अन्य खेलहरु तालिका अनुसार नै संचालन हुने आयोजक खुवाफोक खेलकुद विकास समितिका अध्यक्ष सुमन लिम्बूले बताए । उद्घाटन खेलको म्यान अफदी म्याच विजेता टिमका विपुल मगर घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे ।
आयोजक सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी पाउनेछ । तेस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको हो । गतसंस्करणको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार प्राप्त गरेका थिए ।
प्रतियोगिताको समद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष राईले खुवाफोक खेल मैदानको स्तरउन्नोत्तिका लागि गाउँपालिकाको तर्फबाट प्रदेश तथा केन्द्र सरकारमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मेरो गन्तव्य फेसवुक पेजले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिरहेको छ ।
प्रतियोगिताको सहयोगी संस्थाहरुमा साँगुरीगढी गाउँपालिका र ३ नंं वडा कार्यालय रहेको छ । त्यस्तै इन्टरनेट पार्टनर माउण्ट लिंक र मिडिया मार्टनर मेरो गन्तव्य छ । प्रतियोगिताको व्यवस्थापन खुवाफोक युनाईटेड फुटवल क्लवले गरेको छ ।