धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा जारी तेस्रो खुवाफोक गोल्डकप फुटवल प्रतियोगिताको उपाधीका लागि आयोजक खुवाफोक युनाइटेड क्लव र धरानको अलस्टार क्लववीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनल खेलमा विजयी हुँदै यी दुई टिम फाइनलमा प्रवेश गरेका हुन् ।
विहिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा धरानको अलस्टार क्लवले झापाको चुलाचुली फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । अलस्टारको जितमा कप्तान शैलेन्द्र नेपालले २ गोल गरेका थिए । भने झापाको लागि एक मात्र सान्त्वना गोल निश्चल वस्नेतले पेनाल्टी मार्फत गरेका थिए ।उक्त खेलको म्यान अफ दी म्याच अलस्टारका कप्तान शैलेन्द्र नेपाल घोषित भए । उनले नगद २ हजार रुपैया प्राप्त गरे ।
त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा आयोजक खुवाफोक युनाइटेड क्लवले उदयपुरको डुम्रिवोटेलाई ४–० को गोलअन्तरले पराजित ग¥यो । आयोजकलाई फराकिलो गोलअन्तरले जित दिलाउने क्रममा शुक्र लिम्बूले २, विवेक राई र सन्दिप लिम्बूले १÷१ गोल गरे । उक्त खेलको म्यान अफ दी म्याच शुक्र लिम्बू घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । आयोजक खुवाफोक युनाइटेड गतसंस्करणको उपविजेता टिम हो ।
फाइनल खेल भोली शुक्रवार दिउँसो २ बजेदेखि हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी पाउनेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
खुवाफोक खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको सहयोगी संस्थाहरुमा साँगुरीगढी गाउँपालिका र ३ नंं वडा कार्यालय रहेको छ । त्यस्तै इन्टरनेट पार्टनर माउण्ट लिंक र मिडिया मार्टनर मेरो गन्तव्य छ । प्रतियोगिताको व्यवस्थापन खुवाफोक युनाईटेड फुटवल क्लवले गरेको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गरिरहेको छ ।