धनकुटा l धनकुटामा जारि १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप अन्र्तगत आज फाइनल प्रवेशका लागि आयोजक धनकुटा र झापाको विर्तामोड युनाइटेड क्लव वीच प्रतिस्पर्धा हुँदैछ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा दिउँसो ३ बजेदेखि खेल सुरु हुनेछ ।
आजको खेलमा विजयी हुने टिमले फाइनलमा स्थान पक्का गर्नेछ । दुवै टिम जितको खोजीमा हुनेछ । आयोजक धनकुटाले सिरहाको सलहेश क्लवमाथि १-० को जित निकाल्दै सेमिफाइनलमा स्थानमा पक्का गरेको हो । त्यस्तै झापाकाे विर्तामोड युनाइटेडले बलियो प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लवलाई १-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
हिजो सम्पन्न खेल जित्दै विभागीय टोली एपिएफले फाइनलमा स्थान पक्का गरिसकेको छ । एफिएफले राष्ट्रिय जागृति क्लव इटहरीलाई टाईब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान वनाएको थियो ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । प्रतियोगिताको फाइनल खेल वैशाख २९ गते शनिवार हुनेछ । सहिद भीमनारायण श्रेष्ठको सम्झना हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।