धनकुटा । तेस्रो खुवाफोक गोल्डकपको उपाधीका लागि आज आयोजक खुवाफोक युनाईटेड क्लव र धरानको अलस्टार क्लव वीच प्रतिस्पर्धा हुँदैछ । साँगुरीगढी गाउँपालिका वडा नं. ३ स्थित खुवाफोक खेल मैदानमा आज दिउँसो २ बजे फाइनल खेल संचालन हुनेछ ।
दुवै टोली जितको खोजीमा हुनेछ । अघिल्लो संस्करणमा उपविजेता वनेको आयोजक टिम यो पटक उपाधी जित्ने दाउमा छ ।
सेमिफाइनमा उदयपुरको डुम्रिवोटेलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजकले फाइनलमा स्थान पक्का गरेको हो । कप्तान नविन माझीको नेतृत्वमा आयोजक टिम मैदान उत्रिन्दैछ । आयोजक लगातार दुई पटक फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै धरानको अलस्टारले पनि सेमिफाइनलमा वलियो प्रतिस्पर्धी झापाको चुलाचुली फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उसले विहिवार सम्पन्न खेलमा चुलाचुली फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । अलस्टारको जितमा कप्तान शैलेन्द्र नेपालको प्रर्दशन उत्कृष्ट रहेको थियो । उनैको कप्तानीमा झापा मैदान उत्रिन्दैछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी पाउनेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
खुवाफोक खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको सहयोगी संस्थाहरुमा साँगुरीगढी गाउँपालिका र ३ नंं वडा कार्यालय रहेको छ । त्यस्तै इन्टरनेट पार्टनर माउण्ट लिंक र मिडिया मार्टनर मेरो गन्तव्य छ । प्रतियोगिताको व्यवस्थापन खुवाफोक युनाईटेड फुटवल क्लवले गरेको छ ।
आज हुने प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गर्नेछ ।