हरिबहादुर लम्जेल
धनकुटा l आयोजक धनकुटामाथि सहज जित निकाल्दै झापाको विर्तामोड युनाइटेड क्लव धनकुटामा जारि १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधी नजिक पुगेको छ ।
शुक्रवार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा झापाले आयोजक धनकुटालाई ३–० गोलअन्तरले पराजित गरेको छ ।
घरेलु दर्शक र मैदानको साथ पाउँदा समेत आयोजक टोलीले सोचेअनुरुप प्रदर्शन गर्न सकेन । जसको कारण आयोजक धनकुटा प्रतियोगिताको सेमिफाइनलवाटै वाहिरिनु प¥यो ।
झापाको जितमा अनिश लिम्बू र अभिषेक गुरुङले एक÷एक गोल गरे । भने एक गोल आयोजक धनकुटाका पदम भट्टराईले आत्मघाती गोल गरेका थिए ।
आयोजक धनकुटाको कमजोर रक्षापंति नै हारको कारण वन्यो । झापाले गरेको दुई गोलमा धनकुटाको डिफेन्डरको गल्ती देखिएको थियो ।
डिफेन्डरकै गल्तीको कारण झापाका अनिश लिम्बूले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । खेलको ४३ औं मिनेटमा झापाले डिवक्स एरिया वाहिरबाट फ्रिकिकको अवसर पाएको थियो । नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी डिफेन्डर देवेन्द्र तामाङले फ्रिकिक प्रहार गरेका थिए । उनको प्रहारमा चलाखीपूर्ण तरिकाले अनिशले गोल गरे । आयोजक धनकुटाका डिफेन्डरहरु अलमलिएको फाइदा उठाउँदै उनले गोल गरे ।
पहिलो गोल खाएको केहि मिनेटपछि आयोजक धनकुटाका गोलकिपर प्रदिप भण्डारीले रेड कार्ड पाउँदै मैदानबाट वाहिरिए । झापाका कप्तान समेत रहेका आशिष चापागाईंलाई डिवक्स एरिया वाहिर फल गरेको भन्दै रेफ्रि मनिष अधिकारीले गोलकिपर भण्डारीलाई सिधैं रेड कार्ड दिएका थिए । वान भर्सेस वानमा वल अघि वढाउने क्रममा आशिषलाई प्रदिपले लडाएका थिए । त्यसपछि आयोजक धनकुटा १० खेलाडीमा सिमित रह्यो ।
खेलको ४७ औं मिनेटमा डिफेन्डरकै गल्तीमा आयोजक धनकुटाले गोल खान पुग्यो । विशाल भण्डारीले प्रहार गरेको वललाई रोक्दै झापाका अभिषेक गुरुङले गोल गरे । ६६ औं मिनेटमा पदम भट्टराईले आत्मघाती गोल गरे ।
सुरुवाती समयमा धनकुटाले झापालाई दवावमा राखेको थियो । तर १० खेलाडीमा समेटिएपछि झापाले लगातार आयोजक धनकुटालाई दवावमा राख्यो । आज सम्पन्न खेलको म्यान अफ द म्याच झापाका मौसम लिम्बू घोषित भए । उनले नगद ५ हजार ५ रुपैया प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल भोली शनिवार हुनेछ । उपाधीको लागि फाइनलमा विभागीय टोली एपिएफ र झापाको वितामोड युनाइटेड क्लव वीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय जागृति क्लवलाई टाइब्रेकरमा पराजित गर्दै एपिएफ यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडी नगद सहित पुरस्कृत गरिने आयोजक समितिका महासचिव राेशन श्रेष्ठले बताए ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
![](https://i1.wp.com/www.dhankutanews.com/wp-content/uploads/2024/05/IMG_5091.jpg?resize=714%2C388&ssl=1)
![](https://i1.wp.com/www.dhankutanews.com/wp-content/uploads/2024/05/IMG_5118.jpg?resize=713%2C475&ssl=1)
![](https://i0.wp.com/www.dhankutanews.com/wp-content/uploads/2024/05/IMG_5128.jpg?resize=714%2C476&ssl=1)