धनकुटा । धनकुटाको विकास र समृद्धिका लागी राष्ट्रपति रामचन्द्र पौडेलका राजनैतिक सल्लाहकार तथा पूर्वमन्त्री सुनिलवहादुर थापासंग विभिन्न क्षेत्रका व्यक्तिहरुले भेटघाट गरी छलफल गरेका छन् ।
भेटको क्रममा पूर्वमन्त्री तथा राष्ट्रपतिका राजनैतिक सल्लाहकार सुनिलवहादुर थापाले धनकुटाको विकास र समृद्धिका लागी आफु क्रियाशील रहेको वताउँदै धनकुटालाई पर्यटनको गन्तव्य वनाउनु पर्नेमा जोड दिएका थिए ।
उनले आफु धनकुटाको शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधारको विकास गर्न क्रियाशील रहेको वताए । सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका निर्वतमान अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका पूर्वमहासमिति सदस्य असितनारायण सिंह थापा, जिल्ला सदस्य मिनबहादुर कार्की लगायतले राष्ट्रपतिका राजनैतिक सल्लाहकार तथा पूर्वमन्त्री थापालाई धनकुटाको विकास र समृद्धिका लागी पर्यटन, कृषि, शिक्षा स्वास्थ्य क्षेत्र हव धनकुटालाई बनाउनका लागी पहल गरि दिन अनुरोध गरेका थिए ।
गृहजिल्ला धनकुटा आइपुगेका राष्ट्रपतिका राजनैतिक सल्लाहकार तथा पूर्वमन्त्री थापाको पाख्रिवास नगरपालिकाका विभिन्न वडाहरु तथा जिल्लाका अन्य स्थानीय तहहरुमा भेटघाट कार्यक्रम रहेको छ ।