धनकुटा l १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधीका लागि आज विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लव र झापाको विर्तामोड युनाइटेड क्लव प्रतिस्पर्धा गर्दैछन् ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा दिउँसो ३ बजे हुने फाइनल खेलमा दुवै टोली उपाधी रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । एपिएफले राष्ट्रिय जागृति क्लवलाई हराउँदै फाइनल प्रवेश गरेको भने झापाले सेमिफाइनलमा आयोजक धनकुटालाई हराएको थियो ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनैको सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।