धनकुटा । तेस्रो खुवाफोक गोल्डकपको उपाधीको धरानको अलस्टार क्लवले जितेको छ । शुक्रवार दिउँसो सम्पन्न फाइनल खेलमा आयोजक खुवाफोक युनाईटेड क्लवलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै अलस्टारले उपाधी जितेको हो । उपाधीसँगै अलस्टारले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गरेको छ । उपविजेता वनेको आयोजकले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफीमा चित्त वुझाएको छ ।
खुवाफोक खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता संचालन भएको थियो । प्रतियोगिताको सहयोगी संस्थाहरुमा साँगुरीगढी गाउँपालिका र ३ नंं वडा कार्यालय, इन्टरनेट पार्टनर माउण्ट लिंक र मिडिया मार्टनर मेरो गन्तव्य रहेको थियो । प्रतियोगिताको व्यवस्थापन खुवाफोक युनाईटेड फुटवल क्लवले गरेको छ ।