धनकुटा । नेपाल माझी उत्थान संघ धनकुटाको अध्यक्षमा राजन माझी निर्वाचित भएका छन् । सहिदभूमि गाउँपालिका वडा नं. ७ साप्तिङटारमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राजन माझीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अकलवहादुर माझी, सचिवमा महेन्द्र माझी, सहसचिवमा चित्रवहादुर माझी, कोषाध्यक्षमा अञ्जना माझी, सदस्यहरुमा नविन माझी, सुजता माझी, आशिष माझी, तुलसी माझी, गंगा माझी, राजकुमारी माझी, रिता माझी, कमल माझी लगायत छन् ।
नेपाल माझी उत्थान संघ केन्द्रिय समितिका उपाध्यक्ष तथा प्रदेश संयोजक कृष्ण माझीको प्रमुख आतिथ्यतामा तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला भरिबाट माझी वन्धुहरुको सहभागीता रहेको थियो । नवनिर्वाचित अध्यक्ष माझी जनप्रतिनिधि समेत हुन् । पछिल्लो स्थानीय तहको निर्वाचनबाट उनी चौविसे गाउँपालिका वडा नं. ४ बाट वडा सदस्य निर्वाचित भएका थिए ।