धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं. १ गोपालपुरमा विधिवत् रुपमा साकेला थान स्थापना गरिएको छ । किरात राई चाम्लिङ्ग खाम्बातिम सहिदभूमि र जिल्ला कार्य समिति धनकुटाको संरक्षणमा रहने गरी किरातीहरुको उभौली पर्वको अवसरमा गोपालपुरमा विधिवत् रुपमा साकेला थान स्थापना गरिएको हो ।
साकेला थान स्थापनाको लागि स्थानीय समाजसेवी अइनकुमार चाम्लिङ राईले एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । उद्घाटन कार्यक्रमा इटहरी उपमहानगरपालिका वडा नं. ३ र १०, सहिदभूमि गाउँपालिकाले साकेला सिली प्रदर्शन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, ७ नं. वडाध्यक्ष वमहादुर राई, १ नं. वडाध्यक्ष रमेशकुमार राई, किरात राई चाम्लिङ्ग खाम्बातिमका केन्द्रिय उपाध्यक्ष एनवि राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साकेला नाच संरक्षक कृष्णभगत राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रिय सदस्य अजय राईले गरेका थिए । कार्यक्रममा सहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, विद्यालयका प्रअ, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।