धनकुटान्युज २८,पुष । छथर जोरपाटी गाउँपालिकाले एक हप्ता सञ्चालन गरेको परिचय वितरण शिबिरमा १ सय ६६ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । गाउँपालिकाले सहज रुपमा परिचय–पत्र दिलाउन ४ जना बिशेषज्ञ स्वास्थ्यकर्मीहरुको टोली खटाएर पालिकाको ६ वटै वडामा पुगेर स्वास्थ्य परिक्षण गरी परिचय–पत्र वितरण गरेको थियो ।
करुणा फाउण्डेशनको प्राबिधिक सहयोगमा यहि पुष २१ गतेदेखि ७ दिनसम्म सञ्चालन गरेको शिविरमा ३ सय ९४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सो शिविरबाट रातो (क) वर्गको १० जना ,निलो (ख) वर्गको ३८ जना, पहेंलो (ग) वर्गको ४७ र सेतो (घ) वर्गको ७१ जनाले परिचय–पत्र लिएका थिए ।
शिविरबाट वडा नं. १ बाट ८८ जना, वडा २ बाट ४७ जना, वडा ३ बाट ६२ जना रहेका छन् । यस्तै वडा ४ बाट ६६ जना, वडा ५ बाट ७१ जना र ६ बाट ६० जनाले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षण गरेकामध्ये वडा नं. १,२,३,४,५ र ६ मा क्रमश, २९ २७, २८, २६, २९ र २७ जनाले परिचय–पत्र पाएका थिए ।
यस अघि पालिकाबाट परिचय–पत्र लिएका १ सय ४१ जनासहित जम्मा अपाङ्गता परिचय–पत्र लिनेको संख्या ३ सय १२ जना पुगेको पालिकाका महिला तथा बालबालिका प्रमुख एलिना निरौलाले जानकारी दिईन ।